Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ २ हजार ६ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, मंसिर ११ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज मंगलबार पहेँलो धातु सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले घठेको छ ।

    अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार