काठमाडौं । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन्।
उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

लम्सालका अनुसार मंसिर ९ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय शेख सा महमदले अपहरणपछि फिरौती रकम मागेको भन्दै जाहेरी दिएका थिए ।
उनीबाट सोही दिन दिउँसो साढे १ बजे फिरौतीबापतको ५० हजार रुपैयाँ लिँदैगर्दा दुबै जनालाई पक्राउ गरिएको लम्सालले बताए।
अपहरणमा संलग्नले दुई वटा मोटरसाइकल प्रयोग गरेका थिए। मधेस प्रदेश ०३-०२५प ३९८० र भारतीय नम्बर प्लेटको बिआर०५एयु ९७४५ नम्बरको मोटरसाइकलसमेत बरामद भएको लम्सालले बताए।
दुबै जनालाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend