काठमाडौं । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन्।
उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

लम्सालका अनुसार मंसिर ९ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय शेख सा महमदले अपहरणपछि फिरौती रकम मागेको भन्दै जाहेरी दिएका थिए ।
उनीबाट सोही दिन दिउँसो साढे १ बजे फिरौतीबापतको ५० हजार रुपैयाँ लिँदैगर्दा दुबै जनालाई पक्राउ गरिएको लम्सालले बताए।
अपहरणमा संलग्नले दुई वटा मोटरसाइकल प्रयोग गरेका थिए। मधेस प्रदेश ०३-०२५प ३९८० र भारतीय नम्बर प्लेटको बिआर०५एयु ९७४५ नम्बरको मोटरसाइकलसमेत बरामद भएको लम्सालले बताए।
दुबै जनालाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend