काठमाडौं । प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ ।
खरिद पक्रिया नियमसंगत नभएको टुंगोमा समिति पुगेको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
‘खरिद प्रक्रिया नियमसंगत नभएको र यसमा संलग्न पदाधिकारीलाई करार गर्ने अवस्था सिजृना भएकाले यसको थप छानविन गरेर दोषी पत्ता लगाउन अख्तियारलाई लेखी पठाउने निर्णय गरेको हाे ।
साथै कारबाहीकाे दायरामा ल्याउन अख्तियारलाई लेखी पठाउने निर्णय समितिले गरेको छ ।