Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली इमेल आईडी बनाएर महिला साथीलाई ब्ल्याकमेल, एक जना पक्राउ


    शुक्रबार, पुष ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको साइबर ब्यूरोले नक्कली इमेल आईडी खाेलेर साथीलाई ब्ल्याकमेल गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा मोरङकाे विराटनगर उपमहानगरपालिका-३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेका ब्यूरोका प्रमुख नविन्द अर्यालले जानकारी दिए ।

    पक्राउ परेका रेग्मीले उनकै महिला साथीलाई अर्धनग्न तथा नग्न तस्बिर आफूसँग भएकाे र ती तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गरेका थिए ।

    रेग्मीले नक्कली इमेलबाट महिला साथीलाई आफूसँग रहेको नग्न तस्बिर सार्वजनिक गरिदिँने भन्दै ब्ल्याकमेल गर्ने गरेका थिए । तस्बिर सार्वजनिक नगर्नका लागि ७० लाख मागेको अनुसन्धानबाट खुलेपछि प्रहरीले जनाएकाे छ ।

    रेग्मीले ति महिला साथीलाई यौन उत्पीडन दिने, सेक्स एक्स्ट्रोक्सन गर्ने र नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे ।

    पक्राउ परेका रेग्मीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार