Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • कपिलवस्तुबाट बाघको छालासहित एक जना पक्राउ


    सोमबार, मंसिर १० २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रहरीले कपिलवस्तुबाट बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

    करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ ।

    उक्त छालाको लम्बाइ ६ फिट रहेको छ । छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा पनि रहेको प्रहरीले जनाएको छ । छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाइ छ ।

    प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार