Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिआईबीद्वारा सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्त पक्राउ


    शुक्रबार, पुष ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सिआईबी) ले सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

    सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्त गोपालबहादुर थापालाई पक्राउ गरिएकाे सिआईबीले जनाएकाे छ ।थापालाई धुम्बाराहीमा लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएकाे हाे । 

    श्रम तथा रोजगार प्रबर्द्धन विभागको छापा र दस्ताखत दुरुपयोग गरेको आरोपमा अदालतले २०७६ मंसिर ११ गते थापालाई १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो। थापा सर्वोच्चको फैसलापछि फरार रहँदै आएका थिए।

    ब्युरोले सर्वोच्चको फैसला कार्यान्वयनका लागि थापालाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार