Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगलागीमा परेर मृत्यु


    शुक्रबार, पुष ३ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको राजविराज नगरपालिका-१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान आगलागीमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज-१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ ।

    अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

    नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट रु एक लाख मूल्य बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।

    शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार