काठमाडौं । आजबाट धरहरा चढ्न पाइने भएको छ । अब धरहरा व्यावसायिक रूपमा खुला भएको छ । धरहरा चढ्नका लागि शुल्क तय गरिएको छ ।
काठमाडौं महानगरपालिकाको भोगाधिकार रहेको धरहरा सरकारले जिम्मा लिएको हो । आज आइतबारबाट स्वदेशी नेपाली नागरिकले २ सय रुपैयाँ तिरेर धरहरा चढ्न पाउने भएका छन् ।
धरहरा चढ्न विद्यार्थी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दामुनिका बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट अर्थात् १ सय रुपैयाँमा धरहरा चढ्न पाउनेछन् । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट केही दिनका लागि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । प्रवेश शुल्कअनुसार स्वदेशी नागरिकको लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।
धरहरा चढ्नका लागि १० वर्षभन्दा मुनिका बालबालिका, विद्यार्थी र ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपांगता भएकालाई १ सय शुल्क तिर्नुपर्नेछ । सार्क राष्ट्रका लागि ५ सय शुल्क तोकिएको छ । सार्कबाहेकका विदेशी नागरिकले १ हजार शुल्क तिर्नुपर्नेछ ।
व्यावसायिकबाहेक राष्ट्रिय महत्वका विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार र भिडियो छायांकन पनि प्रतिघण्टा ५ हजार नै तिर्नुपर्ने छ । व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार लाग्नेछ ।
पार्किङ शुल्क चारपाङ्ग्रे प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे प्रतिघण्टा–१० रुपैयाँ तोकिएको छ ।
गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति– गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिई धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि आजबाट व्यावसायिक रूपमा धरहरा खुला भएको हो ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend