Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिसोले कठ्याङ्ग्रिएर ३७ वर्षीय पुरुषको मृत्यु


    शुक्रबार, पुष ३ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

    विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।

    प्रारम्भिक अनुमानअनुसार आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार