Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीराम सुगर मिल्सले आजैबाट उखु किसानकाे बक्याैता वितरण गर्ने


    शुक्रबार, पुष ३ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् ।

    उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    उखु किसानको बक्र्यौता नतिरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले चिनी उद्योगीलाई पक्रने निर्णय गरेका थिए । सो निर्णयपछि प्रहरीले त्यस्ता उद्योगीविरुद्ध ब्यापक ‘सर्च अपरेशन’ चलाएको छ ।

    श्रीराम सुगर मिल्सका सञ्चालक विशाल अग्रवालसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमती जारी गरिएको छ ।

    ‘ठगी मुद्दा’मा विशाल, अर्का संचालक हितेश गोल्छा र मिल्सका कार्यकारी निर्देशक पदमकान्त झा विरुद्ध पक्राउ पुर्जी जारी भएको रौतहटका एसपी सिद्धीविक्रम शाहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार