Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • जुवा खेल्दाखेल्दै दरबारमार्गबाट ८ जना पक्राउ : खेलाउने मुख्य नाइकेलाई भगाइयो


    शुक्रबार, पुष ३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय प्रहरी बृत्त दरबारमार्गले जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सुमन घिमिरे, अजय लामा, सूर्य लामा, कल्याण कार्कीलगायत ८ जना रहेका प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा २ जना महिला पनि रहेका छन् ।

    जुवा अखाडामा २ महिला पनि रहेका थिए । उनीहरु पनि फरार भएका छ्न । जुवा खेलाउने मुख्य सञ्चालक र केही जुवाडेलाई प्रहरीकै मिलेमतोमा भगाइएको आरोप छ ।

    उनीहरूलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गले गएराति साढे ८ बजे काठमाडाैंकाे जय नेपाल हल नजिकै रहेकाे वान वर्क लन्च बारमा जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट पाँच लाख १५ हजार नगद समेत प्रहरीले बरामद गरेकाे छ ।

    प्रहरीका अनुसार बारमा जुवा खेलाउने मुख्य सञ्चालक दिनेश लामा र कान्छा बस्नेत फरार रहेका छन् । साथै जुवा खेल्ने अन्य केही व्यक्ति पनि फरार रहेका प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार