Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ


    शुक्रबार, मंसिर ७ २०८१
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रहरीले रसुवाबाट २ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित पक्राउ गरेको हो ।

    कालिका गाउँपालिका–१ ग्राङबाट कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।

    यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार