Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा लेनदेनको मुद्धा


    बिहिबार, मंसिर ६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको घुस लेनदेनको आरोप लगाइएको छ ।

    अडानीविरुद्ध अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोपमा मुद्धा दायर गरिएको हो । । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घुस लेनदेनको मुद्धा दायर भएको बिबिसीले उल्लेख गरेको छ ।

    भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । अडानी समूहले अमेरिकामा नवीकरणीय उर्जा कम्पनीले २० बर्षमा २ बिलियन डलर भन्दा बढी नाफा हुने भन्दै लगानी उठाएको आरोप लगाइएको छ ।

    पछिल्ला केहि महिना देखि नै अडानीविरुद्ध अनुसन्धानको चर्चा चलिरहेको र अमेरिकाले भने २०२२ देखि नै अडानीका कम्पनि बारे अनुसन्धान गरिरहेको पाइएको छ ।

    अडानी समुहले झुटो रिपोर्ट तथा घुस समेत दिएर अमेरिकी फर्महरू लगायतका ऋण र बन्डहरूमा ३ बिलियन डलर भन्दा बढी उठाएको आरोप लागाईएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी व्यापारी मानिन्छन् ।

    गत हप्ता सामाजिक सञ्जालमा अडानीले डोनाल्ड ट्रम्पलाई उनको चुनाव जितेकोमा बधाई दिदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने वाचा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार