काठमाडौँ – भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको घुस लेनदेनको आरोप लगाइएको छ ।
अडानीविरुद्ध अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोपमा मुद्धा दायर गरिएको हो । । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घुस लेनदेनको मुद्धा दायर भएको बिबिसीले उल्लेख गरेको छ ।
भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । अडानी समूहले अमेरिकामा नवीकरणीय उर्जा कम्पनीले २० बर्षमा २ बिलियन डलर भन्दा बढी नाफा हुने भन्दै लगानी उठाएको आरोप लगाइएको छ ।
पछिल्ला केहि महिना देखि नै अडानीविरुद्ध अनुसन्धानको चर्चा चलिरहेको र अमेरिकाले भने २०२२ देखि नै अडानीका कम्पनि बारे अनुसन्धान गरिरहेको पाइएको छ ।
अडानी समुहले झुटो रिपोर्ट तथा घुस समेत दिएर अमेरिकी फर्महरू लगायतका ऋण र बन्डहरूमा ३ बिलियन डलर भन्दा बढी उठाएको आरोप लागाईएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी व्यापारी मानिन्छन् ।
गत हप्ता सामाजिक सञ्जालमा अडानीले डोनाल्ड ट्रम्पलाई उनको चुनाव जितेकोमा बधाई दिदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने वाचा गरेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend