Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके लामा कारागार चलान


    बुधबार, मंसिर ५ २०८१
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो

    त्यसपछि फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतको निर्देशनपछि लामालाई डिल्लीबजार कारागार चलान गरिएको परिसर काठमाडौंले जनाएको छ ।

    काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई काठमाडौं जिल्ला अदालतले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।

    पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए ।

    २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । सत्यमान पटक–पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार