Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन बारे जानकारी दिन आयोगले शुरु गर्यो कल सेन्टर


    मंगलबार, मंसिर ४ २०८१
    1.4K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौँ- निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई मध्यनजर गर्दै क्ल सेन्टर संचालनमा ल्याएको छ ।

    आयोगले आज बिहान ७ बजेदेखि राती ७ बजेसम्म संचालन हुने गरि निस् शुल्क ११०२ नम्बरको कल सेन्टर संचालनमा ल्याएको जानकारी दिएको हो । यस कल सेन्टरमा उपनिर्वाचनको विषयमा उम्मेदवारी, मतदान प्रक्रियासहित सम्पूर्ण जानकारी पाउन सकिने आयोगले जनाएको छ ।

    साथै आयोगले उपनिर्वाचन बारे केहि जानकारी चाहिएमा यस कल सेन्टरमा सम्पर्क गरि जानकारी लिन आग्रह गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार