Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


    मंगलबार, मंसिर ४ २०८१
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।

    वाङ यीलाई भेटेपछि एस जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको छ ।’

    चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार वाङ यीले एस जयशंकरसँग दुई देशबीचको सिधा उडान पुनःस्थापना, भिसा सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिनेलगायतका धेरै विषयमा कुराकानी गरेको उल्लेख छ ।

    भारत र चीनले हालै वास्तविक नियन्त्रण रेखामा सेनाको गस्ती गर्ने सम्बन्धमा सम्झौता गरेका थिए । त्यसको केही दिनपछि ब्रिक्स शिखर सम्मेलनको क्रममा रुसको काजानमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार