Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


    मंगलबार, मंसिर ४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काण्ठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ८३ हजार ७६ कित्ता संस्थापक संस्थापक सेयरधनीहरुको नाममा रहेको र सो सेयरलाई बिक्रीमा ल्याएको हो ।

    यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार