Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुढानिलकण्ठबाट ५ लाख नगदसहित २१ जना जुवाडे पक्राउ


    सोमबार, मंसिर ३ २०८१
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – बुढानिलकण्ठ नगरपालिका(११ लसुनडाँडा भन्ने स्थानमा जुवा खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका-४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपैयाँ र ओखर १३ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार