Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


    सोमबार, मंसिर ३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका- घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका- ५ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार