Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हसिनालाई फिर्ता पठाउन भारतसँग माग गर्छौं- मोहम्मद युनुस


    सोमबार, मंसिर ३ २०८१
    1.3K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौँ – बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई फिर्ता ल्याउन भारतसँग माग गर्ने बताएका छन् ।

    आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा गरेको सम्बोधनमा युनुसले हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् । मुहम्मद युनुसले अगस्ट ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन् ।

    भारतमा बस्दै आएकी शेख हसिनाविरुद्ध बंगलादेशमा दर्जनौं मुद्धा दायर गरिएको छ । उनलाई आन्दोलन दबाउन प्रदर्शनकारीको हत्या गरेको देखि कैयौं आरोप लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार