तेहरान – इरानका सर्वोच्च नेता खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन् ।
खामेनीले आफ्नो राजगद्दी छोरा मोज्ताबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन रु केही अन्तराष्ट्रिय समाचार संस्थाहरुले दावी गरिरहेका छन् कि खामेनी ठीक छैनन र हाल उनी कोमामा उपचाररत छन्।
त्यसैले खामेनीका छोरा मोज्ताबालाई इरानको सर्वोच्च नेताको कमाण्ड दिइएको छ । मोजतबाले आफ्नो बुबा जीवित रहुन्जेल पदभार ग्रहण गर्न सक्ने छन्। तर, सर्वोच्चको नेतामा मोजतबा निर्वाचित हुने बारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन । यो कुरा अहिले गोप्य राखिएको छ ।
८५ वर्षीय आयातोल्लाह अली खामेनी बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ । उनी गम्भीर रोगबाट पीडित छन् । त्यसैले उनले जिउँदै आफ्नो उत्तराधिकारी छानेका हुन । मोजतबा अली खामेनीका दोस्रो छोरा हुन्
को हुन् मोजतबा ?
मोज्ताबा खामेनी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका दोस्रो र कान्छो छोरा हुन्। उनले सन् १९८७ देखि १९८८ सम्म इरान–इराक युद्धमा भाग लिएका थिए । मोजतबाको जन्म सन् १९६९ मा मशहदमा भएको थियो । उनले स्नातक पछि धर्मशास्त्र अध्ययन गरे। यसपछि सन् १९९९ मा उनले कोममा पढेर मौलवी बनेका थिए ।
आफ्नो बुबा जस्तै उनी इस्लामिक मामिलामा जानकार छन्। सन् २००९ मा उनी इरानमा जारी विरोध प्रदर्शनलाई कडा दमनका कारण पहिलो पटक चर्चामा आएका थिए । यस प्रदर्शनमा धेरै मानिस मारिएका थिए। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोज्ताबा खामेनी इरानको अर्को सर्वोच्च नेता चुनिएका छन् । यो समाचार धेरै चर्चामा छ र यसले दूरगामी प्रभाव पार्न सक्छ।
कसरी निर्वाचित भए मोज्ताबा ?
मोजतबाको चुनाव एकदमै गोप्य ढंगले गरिएको थियो, रिपोर्टमा इरानको एसेम्बली अफ एक्सपर्ट्सका ६० सदस्यले अली खामेनीको मागमा बैठक बोलाएको दाबी गरिएको छ । यो बैठकमा के हो भन्ने कुरा पनि सदस्यहरुलाई थाहा थिएन । बैठकमा पुगेपछि तत्कालै गोपनियताका आधारमा उत्तराधिकारी टुंगो लगाउन सदस्यहरूलाई निर्देशन दिइएको थियो । सभासदलाई बैठक गोप्य राख्न चेतावनी दिइएको थियो । जसका कारण अहिलेसम्म यो खबर बाहिर आउन सकेको छैन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend