Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • किर्तिपुरको मेयर र वडाध्यक्षमा कांग्रेसले गर्यो उम्मेदवारी दर्ता


    आइतबार, मंसिर २ २०८१
    1.7K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा किर्तिपुरमा उम्मेदवारी दर्ता गरेको छ ।

    कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । सो क्षेत्रका सांसद राजन केसी पनि सो उम्मेदवारी दर्तामा पुगेका थिए ।

    कांग्रेसका अनुसार मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाइएको छ भने वडा नम्बर १ र ४ मा क्रमशः इच्छाकुमार महर्जन र राजेन्द्र मानन्धरले मनोनयन दर्ता गराएका छन् ।

    मंशिर १६ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार