Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौँडा–१२ को अध्यक्षमा रास्वपाका बलको मनोनयन दर्ता


    आइतबार, मंसिर २ २०८१
    1.4K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • मकवानपुर – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि रास्वपाका आशा वीर बलले मनोनयन दर्ता गरेका छन् ।

    बलले आज हेटौँडा-१२ स्थित वडा कार्यालयमा पुगेर बलले मनोनयन दर्ता गरेका हुन् । उनले राजदेव लामाको प्रस्ताव र चन्द्र बहादुर स्याङ्तानको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।

    गत २०७९ को निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित घलान जिल्ला समन्वय समिति प्रमुख बने सँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । सो रिक्त पदका लागि मङ्सिर १६ गते निर्वाचन हुने तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार