भैरहवा । डेभिस कपमा नेपालबाट अन्तराष्ट्रिय लनटेनिस प्रतियोगितामा भाग लिने टिमको नेतृत्व गर्ने टिम ब्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाई गरिएको छ।
खेलकुद पत्रकार मंचसहित क्रियाशिल पत्रकारहरुले ज्ञवालीलाई बुधबार बिदाई तथा शुभकामना दिएका छन। रुपन्देही लनटेनिस संघका अध्यक्ष समेत रहेकी ज्ञवालीले लनटेनिस बिकासमा लागेको अनुभव बताउदै २०५८ सालदेखि निरन्तर लागेको बताए।
लनटेनिसको हबका रुपमा बुटवल चिनिएको उनले बताए। नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टिमको नेतृत्वमा जाने भएका हुन। नोभेम्बर १८- २४ सम्म बहराईनमा हुने डेभिस कपमा १७ देशका खेलाडीहरुले भाग लिएका छन।
प्रतियोगितामा नेपालबाट खेलाडीहरु पुरुषतर्फ अभिषेक बास्तोला, प्रदिप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट, प्रजना मानन्धर रहेका छन। पुरुष टिम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टिमको प्रशिक्षक सरद लामा, महिला टिम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरि १४ जनाको टिम मंसिर १ गते काठमाडौंबाट बिदाई हुनेछ।
नेपालको रेकिङ १५ स्थानमा रहेको छ। कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले काठमाडौंबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरु खुलेको बताए। रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरुलाई जाने टिमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, खेलकुद पत्रकार मंचका सचिव मनोरन्जन शर्माले खेलाडीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend