Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु


    सोमबार, कार्तिक २६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    प्रहरीका अनुसार जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जीप जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    जीप सडकदेखि करिब एक सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार