Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै


    आइतबार, कार्तिक २५ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पक्राउ परेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौँ ल्याइँदैछन् ।

    आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरिएका अधिकारीलाई अहिले विमानबाट काठमाडौँ ल्याइँदैछ ।

    अधिकारीलाई मानव तस्करीसहित किर्ते गरेको आरोपमा काठमाडौँ प्रहरी परिसर अनुसन्धान गरिरहेको छ ।

    अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।

    अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो  उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।

    मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार