Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी


    शनिबार, कार्तिक २४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले अमेरिकी चुनावमा कमला ह्यारिसको हारमा राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको बताएकी छन् ।

    चुनावको परिणामपछि पहिलो पटक प्रतिक्रिया दिदै पेलोसीले बाइडेनले पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्र्याटिक पार्टीको लागि स्थिति राम्रो हुने टिप्पणी गरेकी हुन् ।

    डेमोक्रेटिक पार्टीकी नेतृ रहेको पेलोसीले एक पोडकास्ट अन्तर्वार्तामा बाइडेनले पहिले नै आफ्नो दाबेदारी छोडेको भए डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार अरु कोहि नै हुने पनि दाबि गरेकी छन् ।

    पेलोसीले पार्टीको राष्ट्रपतिको मनोनयनमा धेरै उम्मेद्वारहरू समावेश हुने र अहिलेको भन्दा अवस्था फरक हुनसक्ने बताएकी छन् । बाइडेनले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेपछि पार्टीले अन्य उम्मेदवारलाई विचार नै नगरेपछि डेमोक्रेटिक पार्टीबाट अन्य उम्मेदवार बन्ने सम्भावना बनेको थिएन ।

    ह्यारिस निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजित भएपछि डेमोक्रेटिक पार्टी भित्र अहिले आरोप प्रत्यारोप चलिरहेको छ । डेमोक्रेटिक पार्टीका केहि समुहले अहिले पुर्व राष्ट्रपति बाराक ओबामालाई समेत ह्यारिसको हारको जिम्मेवार भनेका छन् ।

    पेलोसीले बाइडेनले ट्रम्पसँगको पहिलो सार्वजनिक बहसपछि राष्ट्रपतिको दौडबाट बाहिरिने निर्णय परेपछि पार्टीले तुरुन्तै कमला ह्यारिसको नाममा सहमति बनाएको बताएकी छन् । उनले राष्ट्रपति बाइडेनले तुरुन्तै ह्यारिसलाई समर्थन गरेपछि अन्य उम्मेदवारले सोच्ने समय समेत नपाएको टिप्पणी गरेकी छन् । पेलोसी यस निर्वाचनमा क्यालिफोर्नियाबाट २०औं पटक तल्लो सदनका लागि निर्वाचित भएकी छन् । पेलोसी २००७ देखि २०११ सम्म र २०१९ देखि २०२३ सम्म अमेरिकी सभामुख बनेकी थिइन् ।

    डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेतृ पेलोसीलाई यस अघि डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार