Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसी मिलानसँग घरेलु मैदानमै रियल म्याड्रिड पराजित


    बुधबार, कार्तिक २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गतको खेलमा एसी मिलानसँग पराजित भएको छ ।

    गएराती सम्पन्न खेलमा रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजित भएको हो ।

    एसी मिलानको जितमा मलिक थिआव, अल्भारो मोराटा र तिज्जानी रेइजडेर्सले एक एक गोल गरेका थिए भने एक गोल भिनिसियस जुनियरले गरेका थिए ।

    रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि ४ खेलमा ६ अंकसहित रियल म्याड्रिड १७औ स्थानमा रहेको छ । त्यस्तै एसी मिलानको पनि ४ खेलमा ६ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार