Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक


    शुक्रबार, कार्तिक १६ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताएका हुन् ।

    उनले भने- ‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ ।  यसको समाजिकसँगै मानवीय पनि महत्त्व छ ।’

    उनले एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराको आफैंमा ठुलो महत्त्व रहेको बताए  । उनले ऋषिमुनीहरुले धेरै ठुलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गरेको लेखकले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार