काठमाडौँ । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा क्लोज क्याम्प गर्ने भएको छ ।
दिल्लीतर्फ जाने नेपाली यू-१९ टिमलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले आज भैरहवामा बिदाइ गरेका छन् । नेपाली टिम दिल्लीबाटै नोभेम्बर ६ देखि हुने प्रतियोगिताका लागि दुबईतर्फ प्रस्थान गर्ने छ ।
क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको थियो ।
नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।
२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाइल्याण्डविरुद्ध खेल्दै छ भने दोस्रो खेल नोभेम्बर ७ मा कुवेतविरुद्ध, नोभेम्बर ९ मा युएईविरुद्ध, नोभेम्बर १० मा फेरी थाइल्याण्डविरुद्ध, नोभेम्बर १२ मा फेरी कुवेतविरुद्ध र नोभेम्बर १३ मा फेरी युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend