Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली यू-१७ टिमको लगातार दोस्रो हार, कतारसँग ५-० ले परजित


    शनिबार, कार्तिक १० २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली यू-१७ फुटबल टिमले एएफसी यु- १७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

    कतारको दोहामा शुक्रवार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५-० ले पराजित भएको हो । यसअघि बुधवार नेपाल जापानसँग ९-२ अन्तरले पराजित भएको थियो ।

    समुह एफमा जापान र कतारको २-२ खेलपछि समान ६ अंक भएको छ भने अंकविहिन रहेका नेपाल र मंगोलियाको छनौटको सम्भावना समाप्त भएको छ ।

    अब नेपालले अर्को खेल मंगोलियासँग सोमबार खेल्ने तालिका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार