Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा रास्वपा र सहकारी पीडित दुवैको प्रदर्शन


    बिहिबार, कार्तिक ८ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेका छन् ।

    रास्वपाले गत शनिबारदेखि गरिरहेको प्रदर्शन अब काठमाडौँ केन्द्रित गर्ने बताउदै आज अन्तिम प्रदर्शन भनेको छ ।

    त्यस्तै सहकारी ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै सूर्य दर्शन सहकारी पीडितले आज प्रदर्शन गरिरहेका छन् ।

    पीडितहरुले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने बचत रकम फिर्ता गर्नुपर्ने माग राखेको छ । सहकारी पीडितहरुले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरुको घर घरमा पुगेर धम्क्याएको आरोप लागाएका छन् ।

    सहकारी पिडितले लगाएको आरोपको रास्वपाले भने खण्डन गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाका कार्यकर्ताले सहकारी पिडितलाई धम्की नदिएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार