भैरहवा । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पूर्व प्रहरी नायब महानिरीक्षक जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो ।
सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार विहान ११ बजे देखि साढे ६ बजे सम्म बयान लिएको हो । सहकारी ठगी मुदामा ५७ वटा सवाल जवाफ गरि सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
‘मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउछ त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप वयान लिनुपर्ने देखिएकोमा थप वयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर हामीले अवस्था हेरेर वयान लिन पनि सकिने उनले भने ।
सोमबार नै बयान नसकिएकोले उनलाइ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो, आज पनि रूपन्देही नै राखिने छ बुधबार विमान मार्फत पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।
‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको वयान सकिएको छ । थुनुवा फिर्ता भयो । प्रहरीले कहाँ कहा अनुसन्धान गरिरहेको छ त्यही पठाउछ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने ।
‘जिल्लामा भएको जहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो । को को लाई ल्याउनु पर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने ।
सामान्य अवस्थामा सहज रुपमा सवाल जवाफ भएको छ । हामीले वयान भन्दा अगावै सवाल जवाफ गर्न सक्ने अवस्थामा छन कि छैनन भनेर सोधेपछि मात्रै दिन सक्ने भने पछि वयान लिइएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइएको हो । अनुसन्धान र गोपनियताको विषय भएकोले जीबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन ।
सहकारी पिडितले गरे प्रदर्शन
सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाइ बयानको लागि रूपन्देही ल्याउदा सहकारी पिडितहरुले केही बेर प्रदर्शन गरे । जोशीलाई सरकारी वकिल कार्यालय, रुपन्देहीमा ल्याएको थाहा पाएपछि पिडितहरुले शिघ्र कार्यवाहीको माग राख्दै रुपन्देही जिल्ला अदालत अगाडी प्रदर्शन गरेका हुन ।
अनुसन्धान प्रकृया चलेको २ वर्ष बढी समय भए पनि अहिले सम्म आफुहरुले गुमाएको रकम पाउन नसकेको भन्दै पिडितहरु आक्रोशित भएका थिए । मुख्य अभियुक्त भनिएका जीबी राइ, सुप्रीम सहकारीका तत्कालिन ब्यवस्थापक लगायतलाइ पक्राउ गर्न नसेकोकोले उनिहरुलाइ पनि पक्राउ गरि कार्यवाहीको माग गरेका छन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend