Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लामिछानेलाई पक्राउ गर्नु ठीक छ : चित्रबहादुर केसी


    आइतबार, कार्तिक ४ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे समर्थन गरेको छ ।

    आइतबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको गिरफ्तारी सहि भएको बताउदै यस प्रकरणमा संलग्न अन्यमाथि पनि सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ- ‘रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।’

    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याइएको छ ।

    यसैक्रममा अहिले उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार