Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी


    शनिबार, कार्तिक ३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाए लगत्तै अग्नि नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ । अहिले बसमा लागेको आगो निभाइएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको बसको भित्रीभाग जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न भने बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार