Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कावासोती जीप दुर्घटनामा दुई जनाको मृत्यु


    शनिबार, कार्तिक ३ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नवलपरासी । नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

    अनकन्टार पहाडमा दुर्घटना भएकोले उद्धारमा समय लागेको प्रहरीले जानकारी दिएको छ । उद्धारपछि घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार