Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्य थापाको रविमाथि व्यङ्ग्य : कलाबिहीन नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप !


    शनिबार, कार्तिक ३ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ‘प्रतिशोध’ को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् ।

    रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका हुन् ।

    उनले भनेका छन्- ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ-‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो- प्रतिक्षा गरौं ।

    थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार