Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल बडीमालिका दर्शनका लागि जाँदै


    बिहिबार, कार्तिक १ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् ।

    बुधबार अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।

    प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए । उनले आज बिहान बडीमालिका दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।

    बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् ।

    राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार