Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसका नेतासहित १२ भीआईपी जुवाडे पक्राउ, ५ लाख बरामद


    मंगलबार, असोज २९ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • झापा । दशैंतिहारको मौका छोपी जुवातास खेल्ने क्रम बढ्ने गर्दछ । यसैक्रममा झापाको शिवसताक्षी नगरपालिका–९ दुधेस्थित एक होटलबाट १२ भाइ भीआईपी जुवाडेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जुवाडेको साथबाट प्रहरीले ५ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ । पक्राउ पर्ने जुवाडेमा नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिका सहसचिव कमल भण्डारीसहित छन् ।

    शिवसताक्षी–९दुधेस्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवा तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले छापा मारेको थियो । प्रहरीले जुवा खेलिरहेकै अवस्थामा १२ जुवाडेलाई ५ लाखसहित पक्राउ गर्न सफल भएको छ ।

    नेपाली कांग्रेसका नेता भण्डारीसहितका भीआईपी जुवाडेले प्रहरी सेटिङ गरेर उम्किन खोजे पनि असफल भएका छन् । कांग्रेस नेता भण्डारी कन्काई सिंचाई आयोजनाका अध्यक्षसमेत हुन् । जुन आयोजनामा भ्रष्टाचार गरेर उनले आर्थिक समृद्धि हासिल गरेकाले लाखौंको जुवाखालमा जाने गरेको आरोप छ ।

    पक्राउ पर्ने अन्यमा शिवसताक्षी–९ बस्ने ४७ बर्षीय दीपक तामाङ, वडा नं–६ बस्ने ४२ वर्षीय नवीन तिम्सिना, वडा नं–९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू, सोही वडाका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, वडा नं– ११ बस्ने ३२ बर्षीय नरेन्द्र विश्वकर्मा, सोही वडाका ३६ बर्षीय लोकबहादुर विश्वकर्मा, वडा नं–९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती छन् ।

    पक्राउ पर्नेहरुमा जुवा अखाडा संचालन गर्ने होटल संचालक ३९ बर्षीय बिनोद खरेल, सौगात मैनाली र भारत कोलकाताका परितोस पल रहेका छन् ।

    पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट ३ दिन म्यादथप गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख इन्स्पेक्टर सुशील थापा मगरले बताए ।

    नेपाली कांग्रेसका जिल्ला सहसचिव नै पक्राउ परेपछि जुवाडेलाई छाड्न प्रहरीलाई चर्को दबाब परेको छ । गृहमन्त्री नै आफ्नो पार्टीको भएकाले छिटो मुद्दा पेश गरी छुटाउनका लागि प्रहरीलाई दबाब परेको छ ।

    घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरुले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार