Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते


    आइतबार, असोज २७ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।

    टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि  डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार