काठमाडौं । पेशागत महासंघ नेपालले भंग गरेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामजीप्रसाद चौहानले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज लीलानाथ श्रेष्ठ नै प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।
शनिबार (१९ असोज, २०८१)मा बर्दिबासमा आयोजित कार्यक्रममा भंग गरिएको कमिटीका अध्यक्ष चौहानले आयोजना गरेको कार्यक्रममा श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन् । पेशागत महासंघको मधेश प्रदेश कमिटीका अध्यक्ष चौहान पर्साको बहुदरमाई नगरपालिका वडा न. ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौलका शिक्षक थिए । तर विद्यालयमा १ बर्ष हाजिर नभएपछि उनको हाजिरीमा रातो रेजा लगाएर बर्खास्तीको प्रक्रिया अगाडि बढाइएको थियो ।
पछि बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफालाई घुस दिएर उनी पुनर्वहाली भए । पढाउँदै नपढाएको र विद्यालयमा एक बर्ष अनुपस्थित भएका चौहानले टिपेक्स लगाएर हाजिर भएको उजुरी सप्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । भ्रष्टाचार ठहरभएपछि चौहान केही महिना जेलमा समेत परेका थिए ।

टिपेक्स लगाएर हाजिर गरेकोमा भ्रष्टाचार ठहर भई संजाय भोगेको र मधेश प्रदेशमा शिक्षकदेखि कर्मचारीको सरुवामा पैसा उठाउनेदेखि विभिन्न आचरणबिपरीत क्रियाकलापमा संलग्न रहेको गुनासो आएपछि पेशागत महासंघको अनुशासन आयोगले छानबिन गरी उनलाई निस्कासन गर्न सिफारिस गरेको थियो ।
आयोगको सिफारिसपछि पेशागत महासंघले उनलाई महासंघको मधेश प्रदेश कमिटीबाट निस्कासित गर्यो । निस्कासित भएपछि पनि चौहानले सरुवा गरिदिन्छु भन्दै महासंघको बदनाम गर्न नछाडेपछि मधेश प्रदेश कमिटी नै भंग गरेको थियो । तर पेशागत महासंघले भंग गरेको कमिटीले आयोजना गरेको कार्यक्रममा मधेश प्रदेश सहइन्चार्ज नै प्रमुख अतिथि भएर गएपछि एमाले निकट भातृ र शुभेच्छुक संस्थाका नेतृत्व गम्भीर भएको छ । यसले पार्टीभित्र अराजकता पैदा हुने चिन्ता उनीहरुमा देखिएको छ ।
पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालसँग यसबारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।
पेशागत महासंघले भंग गरेको कमिटीका अध्यक्षले बोलाएको कार्यक्रममा प्रमुख अतिथि भएकोबारेमा लीलानाथ श्रेष्ठसँग प्रतिक्रिया लिनका लागि फोन सम्पर्क गर्दा उनले पनि रिसिभ गरेनन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend