Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको पेशागत महासंघको अध्यक्षमा ढकाल, दसबुँदे समर्थक पोखरेललाई उपाध्यक्ष


    शनिबार, चैत्र २५ २०७९
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेनिकट पेशागत महासंघ नेपालको सातौं राष्ट्रिय महाधिवेशनले पुण्यप्रसाद ढकाललाई अध्यक्ष चयन गरेको छ । महासंघको उपाध्यक्षमा भोलानाथ पोखरेल र महासचिवमा  केदारप्रसाद देवकोटा निर्वाचित भएका छन् ।

    शुक्रबार सम्पन्न भएको महासंघको  महाधिवेशनमा भोलानाथ पोखरेल अध्यक्षका दाबेदार थिए । पेशागत महासंघको अध्यक्ष बनाउने आश्वासन दिएरै उनलाई गएको मंसिर ४ को निर्वाचनअघि एमालेमा प्रवेश गराइएको थियो ।

    पोखरेलले आफू मात्र होइन, नेकपा एकीकृत समाजवादीनिकट पेशागत महासंघ र कर्मचारी संगठनबाट धेरै कर्मचारीलाई एमालेमा प्रवेश गराएका थिए । पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले महासंघको अध्यक्ष बनाउने भनेर नबनाएको घटनाले एमालेभित्र दस बुँदे समर्थकमाथि कुन हदसम्म दमन भइरहेको छ भन्ने पुष्टि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार