काठमाडौं । मुलुक प्राकृतिक बिपत्तिमा परेको समयमा राज्यका जिम्मेवार गृहमन्त्री रमेश लेखक भने सामान्य अन्तरक्रियामा ब्यस्त रहेको पाइएको छ ।
नागरिक बाढीको कहरमा ज्यान बचाउन छानामा चढेर गुहार मागिरहेको बेला असोज १२ गते दिउँसो गृहमन्त्री रमेश लेखक पानसमा बत्ती बालेर सामुदायिक प्रहरी भवन उदघाटनमा थिए ।
असोज ११ र १२ को अबिरल बर्षापछिको बाढीले नख्खुमा डुबानमा परेका नागरिक बचाउनका लागि ४ घन्टा गुहार मागिरहेका थिए । तर बाढीमा नागरिक ज्यान बचाउन गुहार मागिरहेको समयमा असोज १२ गते गृहमन्त्री लेखक काठमाडौंको बाँसबारीस्थित प्रहरी बृत्त महाराजगंज अन्तर्गतको सामुदायिक प्रहरीको अन्तरक्रियामा ब्यस्त रहेका थिए ।
प्रधानमन्त्री ओली अमेरिकामा, गृहमन्त्री अन्तरक्रियामा, आईजीपी बसन्तबहादुर कुँवर ग्रिस भ्रमणमा थिए भने निमित्त आईजीपी टेकबहादुर राई पनि गृहमन्त्रीसँगै सामुदायिक प्रहरीको अन्तरक्रियामा थिए । तर बाढीमा सयौं नागरिकको ज्यान गइरहेको थियो ।
प्रधानमन्त्री नभएको समयमा गृहमन्त्री लेखक गम्भीररुपमा बाढीपीडितको उद्दारमा लाग्नुपर्नेमा दिनभर सामुदायिक प्रहरीको कार्यक्रममा ब्यस्त रहेका थिए । नख्खुमा ४ घन्टा ज्यान बचाउनका लागि नागरिकले गरेको चित्कार नसुनी सामुदायिक प्रहरीको अन्तरक्रियामा ब्यस्त गृहमन्त्रीले असोज १२ गते बेलुका पत्रकारहरुसँग भिजिबिलिटी नभएकाले नख्खुमा हेलिकोप्टरले उद्दार गर्न नसकेको निर्लज्ज अभिब्यक्ति दिएका थिए ।
प्राकृतिक विपत्तिमा सबैभन्दा अग्रपंक्तिमा खटिनुपर्ने नेपाल प्रहरीका प्रमुख विदेशमा, निमित्त प्रमुख गृहमन्त्रीसँगै उदघाटनमा थिए भने नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले प्रयोग गर्ने अफिसियल मोवाइल नम्बर ९८५….शुक्रबार साँझदेखि शनिबार दिउँसोसम्म अफ थियो । सहप्रवक्ता विश्व अधिकारीले पनि सूचना माग्ने कसैलाई केही जानकारी दिएनन् । मिडियामा सम्पूर्ण सूचना तथा अत्यावश्यक जानकारी सशस्त्र प्रहरी बलबाट मात्र प्राप्त गर्नुपर्ने बाध्यता देखिएको थियो । यो हदसम्मको लापरबाही नभएको भए धेरै नागरिक बचाउन सकिने अवस्था हुनसक्थ्यो कि ?
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend