काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणालाई संगठन विभागबाट हटाएकोमा पार्टीभित्र चर्को बिरोध भइरहेको छ ।
क्यान्सर जस्तो प्राणघातक रोगको भारतमा उपचार गराइरहेका राणालाई मानवीय संवेदना नै बिर्सिएर हटाएकोमा पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीदेखि नायिका रेखा थापाले समेत बिरोध गरेकी छन् । डा. लोहनीले राणालाई हटाउने कार्य विवेकहीन भएको टिप्पणी गरेका छन् भने रेखा थापाले पाँडे पँजनीको संज्ञा दिएकी छन् ।
राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले यस्तो बेलामा राणालाई हटाएर मानवीय संवेदनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्–अध्यक्षज्यू जसले तपाईंलाई अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो, जसले पार्टीमा नया तथा युवा पुस्ताको नेतृत्वको बहस चलायो त्यो ब्यक्ति धबलशमशेर राणा यतिबेला क्यान्सर जस्तो प्राणघातको रोगको कारण उपचारका सिलसिलामा भारतमा छन् ।
तपाईंले यतिबेला उनलाई मानवीय संवेदना नै बिर्सिएर संगठन विभागबाट हटाउनु भएको विज्ञप्ति पढ्दा दुःख लाग्यो ।
के बितेको थियो यतिबेला उनलाई हटाउनुपर्ने, कम्तीमा उनी उपचारबाट फर्किएपछि बैठक मार्फत् नै हटाएको भए राम्रो हुन्थ्यो नि ? यतिबेला उनलाई हटाएर उपलब्धि के ? कुन तारा झर्न खोज्नुभएको तपाईंले ? कति उपलब्धि अब हुन्छ त्यो पनि हेर्नु छ ।
तपाईंले जसरी मानवीय संवेदनामाथि खेलवाड गर्नु भयो, त्यसमा मेरो समर्थन छैन । म तपाईंको यो निर्णयको बिरुद्धमा एक्लै भए पनि उभिनेछु ।
धेरै प्रयास गरियो तपाईंसंग सहकार्य गर्न तर सफल भइएन । एउटा निर्वाचित महामन्त्रीले पाएको विभागमा यसरी तपाईंले खेलवाड नगरेको भय राम्रो हुनेथियो ।
तपाईंको निर्णयले स्वयम् तपाईंलाई ऐंठन हुनेछ ।
माननीय अध्यक्षज्यु तपाईंको यो निर्णयमा सहमत हुन सकिएन मात्र हैन बिरोध गर्नुपर्ने अवस्थामा पुगियो ।
महामन्त्री धबलशमशेर राणा उपचारको सिलसिलामा पनि तपाईं र पार्टीप्रति चिन्तित हुनुहुन्छ । हरदिन हामीलाई पार्टीलाई अन्दोलित गराउन र अध्यक्षलाई सहयोग गर्न निर्देशन दिइरहनुभएको छ ।
उहाँको चिन्तामाथि जसरी खेलवाड गर्नुभयो त्यसको हिसाब तपाईंसँग समयले लिनेछ । म तपाईंको उन्नति र प्रगतिको कामना गर्दछु अध्यक्षज्यू ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend