Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती


    सोमबार, असोज १४ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट । अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसोदेखि सञ्चालनमा आएको छ ।

    आइतवार बिहानैदेखि जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयमा पानी जमेर सम्पूर्ण सेवा अवरुद्ध भएको थियो। भन्सार एरियामा भने ४(५ फिट पानी जमेको थियो भने भन्सारछेउ सशस्त्र प्रहरी बल गुल्मभित्र ३(४ फिट पानी जमेको थियो । आइतवार दिनभरि सीमावर्ती बैरगनिया आउने जाने सैयौं मानिसलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।

    तर सोमवार बिहानैदेखि आइतवारको तुलनामा पानी केही कम भएपछि तेस्रो दिन भन्सारको ढाट खोलिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख डिएसपी कृष्ण खतिवडाले बताएका छन् । तर सोमवार साँझसम्म पनि भन्सार एरियादेखि क्रान्तिद्वारसम्म २(३ फिट पानी जमेका कारण वारिपारी पैदल आउनेजाने लाई ठूलो सास्ती भइरहेको छ ।

    भारतीय बजार बैरगनियाबाट गौरसम्म टाँगा सञ्चालन भएर केही राहत भए पनि पैदल यात्रुलाई कठिनाई रहेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले आवश्यकता अनुसार भारतीय सीमामा रहेको नदीको साईफन नखोलेका कारण गौर बजार आसपास जमेको पानीले स्थानीयलाई सास्ती खेप्नुपरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार