Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ यू–१७ च्याम्पियनसिप सेमिफाइनलमा आज नेपालको सामना भारतसँग


    शनिबार, असोज १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ ।

    थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराहन्न १स् ४५ बजेदेखि हुनेछ ।

    नेपाल समूह बी मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ए मा समूह विजेता बनेर सेमिफाइनल खेल्दैछ ।

    नेपाल समूह चरणमा पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४–० र भुटानलाई २–१ ले पराजित गरेको थियो ।

    त्यसैगरी समूह ए मा भारतले बंगलादेशलाई १–० र माल्दिभ्सलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको थियो ।

    आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बंगलादेशबीच हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार