काठमाडौं । ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।
भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
यूएईको दुबईबाट रेडकर्नर नोटिस जारी भएका तीन जनालाई काठमाडौं ल्याइएको छ । तर मलेसियामा रहेका भनिएका सहकारीको ७ अर्ब ठगीमा संलग्न गितेन्द्रबाबु राई(जीबी)लाई भने १ बर्षसम्म पनि सरकारले ल्याउन सकेको छैन । पोखराको सूर्यदर्शन, चितवनको सहारा, बीरगंजको सानो पाइला, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र नेपालगंजको समानता सहकारीको ७ अर्ब रुपैयाँ बचत हिनामिनामा संलग्न जीबी राईलाई तत्कालीन सहकारी विभागका रजिष्टारहरु झलकराम अधिकारी, टोकराज पाण्डेहरुले ाग्न मद्दत गरेका थिए ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend