Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता


    बिहिबार, असोज १० २०८१
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहमद युनुसबीच भेटवार्ता भएको छ ।

    सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र युनुसबीचको भेटवर्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो ।

    साथै भेटमा ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध र क्षेत्रीय/बहुपक्षीय मञ्चहरूमा सहकार्यमा केन्द्रित रहेको नेपाल-बंगलादेश सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार