Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइसीसी वरियतामा नेपाल एक स्थान तल झर्यो


    बुधबार, असोज ९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झरेको छ ।

    आइसीसीको नयाँ वरियतामा एकदिवसीय क्रिकेटमा लगातार हार बेहोरेको नेपाल १७औ स्थानमा पुगेको हो । यस अघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

    त्यस्तै पछिल्ला खेलहरुमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडी १६औँ स्थानमा रहेको छ । त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औँ स्थानमा पुगेको छ ।

    त्यस्तै एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार