Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक रीतिरिवाज छन्:सभापति देउवा


    बुधबार, असोज ९ २०८१
    900
    Shares
    ;~rf/sdL{;Fu ;efklt b]pjf gf/fo0fu9 -lrtjg_ !* kmfu'g M k"j{ k|wfgdGqL Pjd sfFu|]; ;efklt z]/axfb'/ b]pjf z'qmaf/ lrtjgsf] e/tk'/ ladfg:yndf ;~rf/sdL{;Fu ;d;fdlos ljifodf s'/fsfgL ub}{ . tl:a/ M ;gb clwsf/L÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन् ।

    जितिया पर्वका अवसरमा सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरे ।
    साथै उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।
    यो पर्व नेपालको तराईमा विशेष गरेर थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार